अब क्षणभरमा नै पत्ता लाग्छ क्यान्सर

34

cancer-breast

काठमाडौँ, १४ चैत –कुनै समय थियो क्यान्सर रोग लागेको पत्ता लगाउन महिनौँ लाग्थ्यो । तर अहिले विज्ञान र प्रविधिको दु्रत गतिको विकाश सँगसँगै अहिले एक निमेषमा नै क्यान्सर रोग पत्ता लाग्न सक्छ । वैज्ञानिकहरुले हालै एक यस्तो गोलीको विकास गरेका छन् जस्ले ट्यूमरको पत्ता लगाउँदै त्यसको माध्यमबाट स्तन क्यान्सर पत्ता लगाएर क्यान्सर परिक्षणमा सहयोग पुर्याउँछ ।

यसले परिक्षणका क्रममा कुनै असर नर्गर्ने अनुसन्धानमा सक्रिय बैज्ञानिकको दाबी छ ।यसले स्तनमा भएका गाँठागुँठी भए नभएको पत्ता लगाउन मद्धत गर्छ । मिशिगन विविका सहायक प्रोफेसर ग्रेग थरबरले यो परिक्षण अब अनुसन्धानमा मात्रै सिमित नरहेर अस्पतालमा समेत छिट्टै प्रयोग शुरु गरिने जनाएका छन् । स्तन क्यान्सर महिलाहरु सबैभन्दा बढी देखिने मध्येको क्यान्सर हो ।

एजेन्सीको सहयोगमा