आज भारत र अष्ट्रेलिया भिड्दै

59

India-vs-Australia-Semi-Final-Highlights-World-Cup-2015

नयाँ दिल्ली, १४ चैत – टी २० विश्वकपमा आज विश्व क्रिकेटका दुई हस्तिहरु भारत र अष्ट्रेलियाबीच खेल हुन गइरहेको छ । खेल हुने भनिएको पिच भने परिवर्तन हुने भएको छ । खेल सुरु हुन अगाडि यस्तो निर्णय गरिएको हो ।

पिच परिवर्तनको लागि भारतीय टोलीको व्यवस्थापनले आग्रह गरिएको हिन्दूस्थान टाइम्सले उल्लेख गरिएको छ । भारत र अष्ट्रेलियाबीचको खेल पाकिस्तान–अष्ट्रेलियाबीच भएको पिचमै खेल्ने तयारी थियो। भारतीय टोलीले यो पिचमा खेल्न आनाकानी गर्दै आएको थियो। अष्ट्रेलिया–भारतबीच नेपाली समयअनुसार मोहालीस्थित पञ्जाब नेशनल स्टेडियममा राति ८ बजेदेखि खेल हुँदैछ।

यो खेललाई दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। तर पिच किन परिवर्तन गरिएको भन्ने कुरा अझै प्रष्ट हुन सकेको छैन ।