जेटको जहाजमा बमको सूचनापछि आकष्मिक अवतरण

42

Jet Airways

काठमाडौँ, १४ चैत – त्रिभुवन विमानस्थलमा अवतरण गरेको जेट एयरवेजको विमानमा बम राखिएको हल्ला चलेको छ ।

भारतबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहिबेर अघि अवतरण गरेको बोइङ ७३७ विमानमा बम भएको हल्ला चलेको हो ।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोली त्रिभुवन विमानस्थलमा पुगेको छ । विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरुले विमानका यात्रुहरुलाई ओरालेर सुरक्षित स्थानमा पुर्‍याइसकेका छन् । अहिले सुरक्षाकर्मीहरुले विमान र यात्रुहरूको जाँच गरिरहेका छन् ।

यसअघि विमानमा बम भएको हल्ला र प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावित भएका थिए । अहिले केहिबेरमा उडान-अवतरण सुचारु गर्ने तयारी भइरहेको छ ।