काठमाडौंमा भीषण हुरी–बतासका कारण ६ जना घाइते

36

Kathmandu-wind-768x432

काठमाडौँ, १५ चैत – काठमाडौं उपत्यकामा सोमबार अपराह्न आएको भीषण हुरी–बतासका कारण कम्तिमा ६ जना घाइते भएका छन् । अपराह्न ४ बजेपछि एक्कासि तीव्रगतिमा चलेको हुरीले रुख ढलाउँदा रुखले च्यापिएर ६ जना घाइते भएका हुन् ।

दरबारमार्गमा दुईजना, भक्तपुरको बालकोटमा दुईजना र स्वयम्भूमा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । हुरीलेथुप्रै स्थानमा रुख, बाँस ढालेको छ भने कतिपय स्थानमा बिजुलीका पोलसमेत ढलेका छन् ।

हुरीले धुलो उडाउँदा राजधानी उपत्यका अन्धकार भएको थियो भने मानिसहरुमा भागदौड मच्चिएको थियो । सडकमा चलेका सवारी–साधन रोकिएका थिए भने रोकिएका मोटरसाइकलसमेत हुरीले ढलाएको थियो ।

हुरीका कारण थुप्रै स्थानमा बिजुली तथा टेलिफोनका तारहरु पनि पोलबाट लत्रिएका छन् । हुरी बतास र एक्कासि बढेको अँध्यरोका कारण त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा बाह्य दुबै उडान तथा अवरण अवरुद्ध भएका थिए ।

बाहिरबाट काठमाडौंतर्पm आइरहेका अन्तर्राष्ट्रिय उडानका विमानहरु लामो समय आकाशमै होल्ड भएको विमानस्थल प्रहरीले जनाएको छ । हुरी–बतास रोकिएपछि उपत्यका तथा आसपासका जिल्लाहरुमा हल्का वर्षा भएको छ । विगत केही दिनदेखि उपत्यकासहित देशका अधिकांश स्थानमा बाक्लो तुँवालो लाग्दै आएको छ ।