चितुवाको आक्रमले ८ जना घाईते

43

leopard

चिवतन, १५ चैत –चितवनमा चितुवाको आक्रमणबाट नेपाली सेनाका एक जवान सहित सात जना घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट सीतापुरमा निस्केको चितुवाले आक्रमण गर्दा घाइते भएका उनीहरुको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भइरहेको छ।

आक्रमणबाट सेनाको भैरवी दल गण सेहरीका जवान कृष्ण थापा क्षेत्रीे, मध्यविन्दु नगरपालिका–२ सीतापुरका शुक्रराम घर्ती र टेकवहादुर थनेत, मध्यविन्दु नगरपालिका–४ लुशलहरीका दिवाकर महतो, कर्णबहादुर महतो, वुद्धवहादुर गिरी र केवलप्रसाद चौधरी घाइते भएका हुन्।