अमेरिकी संसद भवन परिसरमा गोली चल्यो, प्रहरी घाइते

    47

    1459212846573

    वासिंगटन, १६ चैत – अमेरिकी राजधानी वासिंगटन डीसीस्थित अमेरिकी संसद भवनको अतिथि केन्द्र नजिकै सोमबार संसदका एक अधिकारीमाथि गोली हानिएको छ ।

    संसद भवनका अधिकारी र प्रहरीले बताए अनुसार गोली हान्ने‌ व्यक्तिलाई हिरासतमा लिइएको छ ।

    ईस्टरको विदा भएकाले सोमवार संसद भने चलेको थिएन । सबे सां‍सद आफ्नो चुनाव क्षेत्रमा थिए । गोली चलेपछि व्हाइट हाउसको सुरक्षा पनि केहीबेरमै कडा बनाइएको थियो । केही बेरको चेकजाँचपछि अवस्था सामान्य भएको थियो ।

    कर्मचारी, संवाददाता र अन्य मानिसलाई ‘यथास्थानमा रोकिन’ भनिएको थियो । गोली चलेपछि उनीहरुलाई आफ्नो कार्यालयबाट निस्किनसमेत रोक लगाइएको थियो ।

    संसद् भवनमा गोली लागेको पुलिस अधिकारीको अवस्था भने गम्भीर नरहेको बताइएको छ ।

    घटना लगत्तै सशस्त्र पुलिसले गोली चलेको क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । ईस्टरको विदा र ‘चेरी ब्लोसम फेस्टिभल’ का कारण  त्यहाँ पर्यटकको बाक्लो उपस्थिति थियो ।

    क्यापिटल हिल अमेरिकी राजधानीको सबै‍भन्दा अहम स्थान हो । जहाँ संसद भवनसहित कयौं महत्वपूर्ण सरकारी भवन रहेका छन् ।