आजबाट दैनिक एक घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

32

timthumb

काठमाडौँ, १५ चैत – लोडसेडिङ मंगलबारबाट दैनिक एक घण्टा घटेको छ।

नेपाल विद्युत प्राधिरणले बिहीवारबाट सुरु हुन लागेको  एसएलसी परीक्षालाई मध्यनजर गर्दै दैनिक एक घण्टा लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ।
यसअघि हप्तामा ८४ घण्टा हुँदै आएको लोडसेडिङ अब हप्तामा ७७ घण्टामात्रै हुने विद्युत प्राधिकरणले जनाएको छ।