कुकुरले खाँदै गरेको शिशुको शव फेला

37

भक्तपुर, १६ चैत – भक्तपुरका बालकोट र व्यासीमा मंगलबार बिहान दुई शिशुको शव फेला गरेको छ । बालकोटमा कुकुरले खाँदै गरेको र व्यासीमा कुहिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

अनन्तलिङ्श्वर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानामा पर्ने बालकोटको खोल्छामा बिहान ९ बजे कुुकुरले खाँदै गरेको अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।

शिशुको हात र खुट्टा कुकुरले खाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायव निरीक्षक युवराज शर्माले जानकारी दिनुभयो ।शिशुको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिँदै उहाँले घट्नाको अनुसन्धान सुरु गरिसकिएको बताउनुभयो ।

यस्तै भक्तपुर नगरपालिकाको व्यासीमा कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिनेश भण्डारीले कुहिएर गन्हाउने अबस्थामा सोमबार शिशुको शव भेटिएको जानकारी दिनभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार : उज्ज्यालो