दुबईको अल सावर टावरमा भीषण आगलागी

    46

    uae_all_Sawar_Tower_Fire_952339314

    दुबई, १६ चैत – दुबई नजिकैको अजमान शहरको दुई विशाल भवनमा सोमबार राति आगलागी भएको छ । आगो लागेपछि यी भवनबाट मानिसहरुलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ । राति लागेको आगोलाई अग्निनियन्त्रकले निभाउन सफल भएका छन् ।

    यो भवनको नाम अल सावर टावर रहेको छ । शुरुवाती जाँचका क्रममा यहाँ विजुली सर्ट भएर आगो लागेको पत्ता लागेको छ ।

    अजमान वमन कम्प्लेक्समा जम्मा १२ वटा टावर रहेका छन्‌ । जसमा रहेका तीन हजार अपार्टमेन्टमा हजारौं मानिस बस्ने गर्छन् ।

    अजमान पुलिसका अनुसार आगो लागेपछि निस्ककेको धुवाँले श्वास फेर्न समस्या भएपछि एक गर्भवती महिलालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अन्य पाँचजना मानिस सामान्य घाइते भएका छन् ।

    एक सालमा यूएईमा तेस्रो पटक गगनचुम्बी भवनमा भीषण आगलागीको घटना भएको हो । यसभन्दाअघि नव वर्षको पूर्वसन्ध्यामार दुबईको बुर्ज खलिफा नजिकै ६३ तले होटलमा आगलागी भएको थियो ।

    अजमान पुलिसले आगो लाग्दै गरेको भिडियो ट्विटरमा पोस्ट गरेको छ । जसमा टावरको एक भाग पूरै आगोको चपेटामा परेको देख्न सकिन्छ । यूएईका गृहमन्त्री शेख सैफ बिन जईद घटनास्थलमा पुगेर अवस्थाको जानकारी लिएका थिए ।