आफूलाई सुन्दर पार्न प्लास्टिक सर्जरी गर्ने १० बलीवुड अभिनेत्री

90

बलीवुड धेरै सुन्दरीहरूको वर्चश्व रहेको क्षेत्र हो । कोही प्राकृतिक रुपमा नै सुन्दर छन् त कोहीले आफूलाई कृतिम साधनको प्रयोग गरी सुन्दर बनाएका छन् । प्लास्टिक सर्जरी गरी आफूलाई अझ बढी सुन्दर बनाउने होड बलीवडमा पहिलेदेखि नै चलिआएको छ । बलीवुडमा टप मानिएका सुन्दरीहरू पनि यसबाट अछुतो रहन सकेनन्  ।

प्लास्टिक सर्जरी गरेर आफ्नो रुप फेरेका १० बलीवुड सुन्दरीहरू

१) कंगना रनावट – सन् २००६ को बलिवुड मुभि ग्याङस्टारबाट डेव्यू गरेकी बलीवुड सुन्दरी कंगना रनावट १९८७ मार्च २३ मा भारतको हिमाञ्चल प्रदेशमा जन्मेकी हुन् । उनले २००७ मा आफ्नो ओठको सर्जरी गराएकी थिइन् ।

Kangana

 

२) अनुष्का शर्मा – शाहरुख खान अभिनित फिल्म रव ने बनादी जोडीबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अनुष्का शर्माले ओठको प्लास्टिक सर्जरी गरेको पहिलो पटक करण जोहर को टिभी सो कफी वीथ करणमा देखिएको थियो । तर उनले यसबारे मैले कुनै सर्जरी गरेको छैन् मेकअपको कारणले गर्दा मेरो ओठमा केही परिवर्तन आएको हो भनेर ट्वीट गरेकी थिइन् ।

anushka sharma

 

३) ऐश्वर्या राय बच्चन – सन् १९९४ को मिस वल्र्ड ऐश्वर्या राय बच्चनले आफ्नो सुन्दरतामा अझ बढी निखारपन ल्याउन आफ्नो ओठ तथा गालाको सर्जरी गराएकी थिइन् ।

aeshwarya rai

 

४) प्रियन्का चोपडा – बलीवुडमा मात्र नभई हलिवुडमा समेत आफूलाई स्थापित गरेकी बलीवुड सुन्दरी प्रियन्काले कस्मेकिट सर्जरी गरी आफ्नो नाकलाई सुन्दर बनाएकी थिइन् ।

priyanka chopada

 

५) करिश्मा कपूर – बलीवुडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बलीवुड सुन्दरी करिश्मा कपूर यतिबेला बलीवुडमा त्यति चर्चामा छैनन् । “राजा हिन्दुस्तानी” खेल्नु अगाडि उनले आफ्नो ओठ र नाकको सर्जरी गराएकी थिइन् । र पछि आफूलाई सुन्दर बनाइराख्न अन्य विभित्र सर्जरीहरू गरिन् ।

karishma kapoor

 

६) काजोल – अजय देवगनसँग विवाह बन्धनमा बाँधिएर केही समय घर परिवारलाई नै समय दिएर फेरी बलीवुडमा फर्केकी बलीवुड सुन्दरी काजोलको पहिलेको र अहिलेको अनुहारलाई हेर्ने हो भने धेरै नै फरकपन हामीले पाउछौँ । काली सुन्दरी काजोलले आफ्नो अनुहारलाई गोरो बनाउन स्त्रिन लाइटनिङ ट्रिटमेन्ट गरेकी छिन् ।

kajol

 

७) श्रुती हसन – तामिल स्टार कमल हसनकी छोरी श्रुती हसन तेलीवुडबाट बलीवुडमा प्रवेश गरी आफूलाई सफलताको बाटो तर्फ हिडाइरहेकी छिन् । बलीवुड प्रवेश पूर्व उनले आफ्नो नाकको सर्जरी गराएकी थिइन् ।

shurti hussen

 

८) श्रीदेवी – दक्षिण भारतमा आफूलाई स्थापित गरेर बलीवुड प्रवेश गरेकी बलीवुड सुन्दरी श्रीदेवीले आफ्नो नाकको सर्जरी गरेकी थिइन । सास फेर्न केही गाह्रो भएको भन्दै उनले अमेरिकामा नाकको सर्जरी गरेकी थिइन ।

sridevi

 

९) रेखा – साउथ फिल्म इन्डस्ट्री हुँदै बलीवुड प्रवेश गेरी भानुरेखा गणेशन (रेखा)ले आफूलाई बलीवुडमा स्थापित गर्नको लागि स्क्रिन लाइटनिङ्ग ट्रिटमेन्ट गरेकी थिइन् ।

rekha

 

१०) हेमा मालिनी – कालो अनुहार भएकै कारणले बलीवुडकी ड्रिम गर्ल हेमा मालिनीलाई कुनै पनि निर्माता निदेर्शकले पत्याएका थिएनन् । तर उनले आफ्नो अनुहारलाई स्क्रिन ट्रिटमेन्ट मार्फत गोरो र चम्किलो बनाएपछि बलीवुडमा उनको वर्चश्व नै कायम रह्यो । उनले आफ्नो अनुहारलाई गोरो बनाउनको लागि फेस लिफ्ट सर्जरी समेत गराएकी थिइन।

hema