एमालेको बैठक निष्कर्ष विहीन : विभागमा मनोनयन हुन सकेन

38

काठमाडौं, १७ चैत-केही विभागमा सदस्य मनोनयन गर्ने विषयमा छलफल गर्न बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक निष्कर्ष विहीन भएको छ ।CPN-UML flag

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय गर्न नसकेको हो ।

बैठकमा केन्द्रीय सचिवालयले मंगलबार रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्तावमा प्रस्तुत भए पनि मनोनयनका विषयमा निर्णय हुन सकेन । विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दैआलोचना भएपछि निर्णय हुन नसकेको हो ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि ओलीले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगन गरेका छन् । बैठकमा चीन भ्रमणबारे प्रधानमन्त्री ओली बैठकमा जानकारी गराएका छन् ।

नवौँ महाधिवेशनयता मनोनयन हुन नसकेका ती पदमा यही चैतको अन्तिम साता हुने केन्द्रीय कमिटीको बैठकअगावै निर्णयमा पुग्ने तयारी भएको बुझिएको छ । पोलिटब्युरोको बैठक यही चैत २३ र २४ गते तथा केन्द्रीय कमिटीको बैठक चैत २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने  तय भएको छ ।