‘पाकिस्तान संसारकै लागि खतरनाक देश’

39

Donald Trump

काठमाठौं, १७ चैत- अमेरिकी राष्ट्रपति पदका लागि उम्मेद्वारी घोषणा गरेका रिपब्लिकन पार्टीका नेता डोनाल्ट ट्रम्पले पाकिस्तान संसारकै लागि सबै भन्दा खतरनाक र समस्या भनेका छन् ।

‘हाल जुन स्थितिमा पाकिस्तान रहेको छ, त्यसलाई पनि रोक्नु पर्छ’, ट्रम्पले भनेका छन्, ‘पाकिस्तानलाई नियन्त्रण गर्नु आवश्यक छ ।’

ईस्टर चाड मनाइरहेका बेला पाकिस्तानमा भएको आतंकवादी आक्रमणमा ईसाई मारिएको प्रसङ्ग उल्लेख गर्दै एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले आफू अतिवादी इस्लामिक आतंकवादको आलोचक रहेको बताए ।

अफ्गानिस्तानमा तैनाथ अमेरिकी सेनालाई अझै फिर्ता गर्न नहुने भन्दै उनले पाकिस्तानसँग परमाणु हतियार रहेको पनि दावी गरे ।