मधेस आन्दोलनको मागलाई सहमतिमा टुङग्याउनु पर्छः डा. भट्टराई

32
फाइल तस्बिर
फाइल तस्बिर

नेपालगन्ज, १७ चैत – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस आन्दोलनको मागलाई सहमतिबाट टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिएका छन ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले भने,‘संविधान निर्माणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, अब हामी सबै मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा अग्रसर हुनुपर्छ ।’

पुरानो राजनीतिक चिन्तनबाट मुलुक र जनताको हित हुन नसक्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति, नयाँ सोच र नयाँ जाँगरबाट मात्र स्थिर राजनीतिक र सामाजिक विकास सम्भव हुन सक्ने दावी गरे ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले आफ्नो स्वाभिमान गुम्न नदिएर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै ती दुवै देशको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सक्नुपर्ने तर्क गरे ।

संविधानको विकल्प अर्को संविधान हुन नसक्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले विवादित विषय यही संविधानलाई संशोधन गरेर समाधान गर्नुपर्ने बताए ।