वर्षा सुरु हुनु अगावै पुनःनिर्माण: उपप्रधानमन्त्री गच्छदार

47
फाइल तस्बिर
फाइल तस्बिर

चितवन, १७ चैत – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वर्षात् सुरु हुनु अगाडि नै पुनःनिर्माणको काम सम्पन्न हुने बताएका छन्।

आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्ययोजना तयार गर्न ढिलाइ भएकाले पुनःनिर्माणका कार्य ढिला भएको स्पष्ट पारे।

उपप्रधानमन्त्री गच्छदारले वर्षात् सुरु हुनुअघि नै भूकम्प प्रभावित जनतालाई आवास निर्माणको काम सक्ने गरी सरकारले काम गरिरहेको दावी गरे।

सरकारको मुख्य प्रथामिकता विकास निर्माण रहेको भन्दै उनले विकास निर्माण र पुनःनिर्माणको कामलाई सँगसँगै अगाडि बढाउने बताए।

भारतसँगको चिसिएको सम्बन्ध सुधारका लागि भारत भ्रमण र ऊर्जा सङ्कटबाट मुलुकलाई माथि उठाउन चीन भ्रमण फलदायी रहेको उनको भनाइ थियो।

वार्ताकै माध्यमबाट मधेसका मुद्दा र राजनीतिक मुद्दा समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री गच्छादारले संविधान संशोधन गरेर सबै समस्याको समाधान खोज्नुपर्ने बताए।

गच्छदार नेपाल निर्माण व्यवसायी महासङ्घको १८ औँं साधारणसभा एवम् रजतजयन्ती सुभारम्भमा सहभागी हुन चितवन आएा हुन्। उनको दुई दिनसम्म चितवनमा रहने कार्यक्रम छ। रासस