हरेक महिना बलात्कारका उजुरी

42

राजविराज, १७ चैत –  साउनदेखि हालसम्म अर्थात् नौ महिनायता जिल्ला प्रहरी कार्यालय सप्तरीमा नौवटा जबर्जस्तीकरणी उद्योगका उजुरी परेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले दिएको जानकारीअनुसार जिल्लाभरिमा साउनदेखि चैत १५ गतेसम्ममा नौवटा जबर्जस्तीकरणी र करणी उद्योगका घटना भएका छन्। सो घटनामा संलग्न नौजना प्रतिवादीलाई पक्राउ गरी सकिएको बताइएको छ।

यस्तै, पाँचवटा बहुविवाहका घटनामा सातजना अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। बालविवाहका दुईवटा घटनामा चारजनालाई पक्राउ गरिएको पनि बताइएको छ। रासस