सिंहदरवार भित्र क्रम्चारिहरुले सामाजिक सञ्जाल चलाउन नपाउने

33

facebook

काठमाडौं, १७ चैत-सिंहदरबार भित्र काम गर्न कर्मचारीले फेसबुकलगायतका सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्।

सेवाप्रवाहमा असर पुगेको भन्दै मुख्यसचिव सोमलाल सुवेदीले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव बिनोद बहादुर कुँवरले बिहीबार विज्ञप्ति जारी गरी सिंहदरबार भित्रका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाइको जनाएका छन्।