कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

35


election
चैत्र २४, २०७२-
कांग्रेसको संसदीय दलको नेता चयन गर्न मतदान सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे देखि सुरु भएको मतदान दिउँसो २ बजे सम्म चल्ने छ ।

पार्टी सभापतिमा प्रतिस्पर्धा गरेको महिना दिन पछि नै पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुन लागेको हो ।

मतदान प्रकृयामा कुल २०७ जना संसदले मत खसाल्ने छन् ।