वीरगंज उपमहानगरपालिका कार्यकारी अधिकृतलाई आफनै कर्मचारीबाट ज्यान मार्ने धम्की

32

10640988_1375384419423162_6116332926313366108_n-480x530
वीरगंज , २३ चैत्र – 
वीरगंज उपमहानगरपालिका कार्यकारी अधिकृत विष्णु कोइरालालाई आफनै कर्मचारीले ज्यान मार्ने धम्की दिएका छन् । वीरगंज उपमहानगरपालिकाका २६ नम्बर वडाका सचिव मुन्ना चौरसिया मंगलवार कार्यकारी अधिकृत विष्णु कोइरालाको कार्यकक्षमा पुगी ज्यान मार्ने धम्की दिएका हुन् । चौरसियाले आफ्नो राजस्व फाटमा सरुवा नभए ज्यान मार्ने धम्की दिदै कार्यकारी अधिकृत कार्यकक्षमा हो हल्ला समेत गरेको नगरपालिका श्रोतले जनाएको छ । चौरसियाले सरुवाको विषयमा दवाद दिदै कार्यकक्षमै ज्यान मार्ने धम्की दिएको कार्यकारी अधिकृत कोइरालाले गरेका छन् ।

एक वर्ष अगाडी कोइराला बीरगन्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृत हुदा चौरसियालाई राजश्व फाटबाट वडा सचिवमा सरुवा गरेका थिए । दुई साता अगाडी कोइराला पुन. कार्यकारी अधिकृतको रुपमा आएपछि चौरसियाले आफुलाई राजश्व फाटमा सरुवा गर्ने दवाव दिदै आएका थिए । विभिन्न स्थानिय राजनैतिक दलबाट चौरसियाले कोइरालालाई दवाव गरेपनि चौरसियाको सरुवा राजश्वमा नगर्ने अडानमा कोइराला पुगेपछि चौरसियाले धम्की दिइएका हुन ।

कार्यकारी अधिकृत विष्णु कोइरालाले कारवाही प्रक्रिया अगाडी बढाएपछि अहिले कर्मचारीबाटै असहयोग हुने देखिएको छ । नगरपालिका विभिन्न फाटमा लामो समय देखि कार्यरत रहेका कर्मचारीहरुलाई फाट सरुवा गर्ने प्रक्रिया शुरु भएपछि अहिले उपमाहनगरपालिका कार्यालय भित्र खैलाबैला मचिएको छ ।