विदेशमा मृत्यु भएकाको परिवारले वैशाख १ गतेदेखि बिमावापतको रकम दोब्बर पाउने

    50

    state daily

    एजेन्टको आवश्यकता नपर्ने भएकाले प्रिमियम रकमलाई ४५ प्रतिशत मात्रै वृद्धि गर्न बिमा समितिसँग अनुरोध गरिएको पनि पौडेलले जानकारी दिनुभयो ।  बिमा रकम दोब्बर पारिएपछि विदेश जाने कामदारले करार अवधिभन्दा ६ महिना बढी रहने गरी बिमा गर्नुपर्ने छ । बिमा प्रिमियममा ६५ प्रतिशत वृद्धि हुँदा कामदारले एक वर्षे बिमालेखमा अवधि थप गर्दा बढीमा आठ हजार २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, दुई वर्षे बिमालेखमा अवधि थप गर्दा बढीमा १० हजार आठ सय ९० र तीन वर्षे बिमालेखमा अवधि थप गर्दा बढीमा १३ हजार छ सय ९५ रुपैयाँ तिर्नुपर्नेछ ।  त्यसैगरी, चार वर्षे बिमालेखमा अवधि थप गर्दा बढीमा १६ हजार पाँच सय र पाँच वर्षे बिमालेखमा अवधि थप गर्दा बढीमा १९ हजार एक सय ४० रुपैयाँ कामदारले तिर्नुपर्छ । प्रिमियम रकमलाई ४५ प्रतिशत मात्रै वृद्धि गर्न बिमा समिति सहमत भए कामदारले बिमावापत तिर्नुपर्ने रकम कम हुनेछ ।  बिमा रकम वृद्धि गरिएपछि अब विदेशमा मृत्यु भएका कामदारले झण्डै १४ लाख रुपैयाँ बराबर क्षतिपूर्ति रकम प्राप्त गर्नेछन् । यो रकममा विदेशबाट शव ल्याउँदा लाग्ने हवाई जहाजसहितको खर्च र काजकिरिया खर्च पनि जोडिएको छ । बोर्डले यसअघि पनि विदेशमा मृत्यु भएकाको शव ल्याउँदा लाग्ने हवाईजहाजसहितको खर्च र काजकिरिया खर्च बेहोर्दै आएको थियो ।   बोर्डले दिने आर्थिक सहायता पनि वृद्धि गरिँदै  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशमा ज्यान गुमाएका मृतक कामदारका आफन्त र अंगभंग भएकालाई दिँदै आएको क्षतिपूर्ति रकम बढाएर पाँच लाख रुपैयाँ बनाउने भएको छ । बोर्डले अहिले तीन लाख क्षतिपूर्ति दिँदै आएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरेर क्षतिपूर्ति रकम वृद्धि गर्न लागिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । संशोधन प्रक्रिया श्रम तथा रोजगार मन्त्रालयमार्फत अघि बढ्नेछ ।