नवयुगको गोलमा आर्मीलाई झापा गोल्डकप

50

Nepal_Army_Club_Win_Jhapa_Gold_Cup_737233918

                                                                                आयोजक झापा १–० ले स्तब्ध
झापाः नवयुग श्रेष्ठको गोलमा आयोजक झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको छ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको उपाधि आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।
नवयुगले विमल राना मगरको क्रस पासलाई सदुपयोग गरेको एक गोल नै आर्मीलाई उपाधि दिलाउन पर्याप्त भयो ।
बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालमा पहिलो हाफमा लिएको अग्रतालाई आर्मीले दोस्रो हाफसम्म पनि कायम राख्न सफल भयो ।
अर्कातिर झापाका लागि अघिल्ला खेलमा चलेका कर्ण लिम्बूसहितका स्ट्राईकरहरु गोल गर्न असफल रहे ।
पहिलो हाफमा आर्मीले लिएको अग्रता दोस्रो हाफमा पनि तोड्न नसक्दा झापाले हजारौं समर्थकमाझ घरको उपाधि आर्मीलाई बुझाउन बाध्य भयो ।
सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी थ्री स्टारलाई पाखा लगाएको झापाले आर्मीविरुद्ध राम्रो खेल पस्केर पनि उपाधि सुम्पिन बाध्य भयो ।
आर्मीले यसअघि मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै झापासँगको उपाधि भिडन्त पक्का गरेको थियो ।