प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

33
केपी ओली, प्रधानमन्त्री । फाइल तस्वीर: रासस

काठमाडौ, १७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार सर्वदलिय बैठक बस्ने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई बैठकमा सहभागि हुन विहान नौ बजेकोलागि बोलाइएको छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।