प्रहरीले हातपात गरेको विरोधमा जनकपुर बन्द

32

जनकपुरधाम, १७ बैशाख : निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै शुक्रबार जनकपुर बन्द गरिएको छ ।

आफ्नो श्रीमानको सञ्चार उद्यमी अरूण सिंघानिया हत्यामा संलग्नता नभएको दाबीसहित न्यायिक छानबिनको माग राखी जनक चोकमा आमरण अनशनमा बसेका बेला रङ्गीलालाई प्रहरीले अमानवीय व्यवहार गरी अस्पताल पुर्‍याएको भन्दै जनकपुर बन्द गरिएको हो ।

बन्दले व्यवसाय, उद्योग, यातायात र शैक्षिक प्रतिष्ठान प्रभावित भएको छ ।

वैशाख २ गतेदेखि अनशन बस्दै आएकी रङ्गीलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि उनलाई अञ्चल अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयको कथन छ।

यता रङ्गीलाले प्रहरीले हातपात गर्दै अस्पताल ल्याई उपचार गराउन दबाब दिइरहेको आरोप लगाएकी छिन् ।

यसैबीच जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साहले रङ्गीलालाई प्रहरीले गरेको अमानवीय व्यवहारको विरोध गर्दै जनक चोकमा अनशन सुरु गरेका छन् । रासस