सुनचाँदीको मुल्यमा वृद्धि

52

Gold

काठमाडौँ, १७ बैशाख : साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्यमा भारी बृद्धि भएको छ।

अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुन आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज यो मूल्य ५६ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ७ सय ८५ रुपैयाँ कायम भएको चाँदी आज १५ रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा एक्कासी सुनको भाउ उक्लिएपछि त्यसको प्रभाव परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने अनुमान भइरहेका बेला ब्याजदर यथावत राखेपछि यसको प्रभाव सुनचाँदीमा पर्न गएको हो।

डिसेम्बर महिनादेखि कायम रहेकै ब्याजदरलाई अमेरिकाले यथावत राखेको हो। यसले गर्दा लगानीकर्ताहरु डलरमा भन्दा सुनमा आकर्षित हुन पुगेका हुन्।  त्यस्तै अमेरिकाको आर्थिक मन्दीमा सुधार आउन सकेको छैन। यसले गर्दा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्न गएको विश्लेषण गरिएको छ।