क्यानेडियन नागरिक रोबोट पेनरलाइ प्रसासन द्वारा ज्याति देखाएको मा बिरगन्ज मा प्रदर्शन

35

बीरगन्ज, २१ वैशाख क्यानेडियन नागरिक रोबोट पेनरलाइ सरकारले पक्राउ गरेको बिरोधमा आज बिरगन्जमा प्रदर्शन गरिएको छ ।

13096160_981249915305238_7681394638936201688_n

संघीय समाजबादी फोरमको नेतृत्वामा संघीय गठबन्धनमा रहेका दलहरुले सरकारले पत्रकार पेनर माथी गरेको कार्यवाहि फिर्ता लिन मागं गर्दै जुलुस प्रर्दशन गर्नुको साथै कोणसभा गरेका छन् ।पेनरले मधेसी जनताको पक्षमा सहिकुरा उठाएकोमा सरकार समप्रदायीक भएको भन्दै प्रदर्शनमा सरकारको बिरोधमा चर्को नाराबाजी गरिनुको साथै फिर्तागरिएको पेनरको भिसाको निर्णयलाइ बदर गरि मानव अधिकारको पक्षमा निसपक्ष पेनरलाइ कार्यगर्न दिन मागं गरिएको छ । बीरगन्जको घन्टाघरमा आयोजना गरिएको कोणसभामा संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले पत्रकार पेनरले मधेसको अवस्थाको बारेमा वास्तविक कुराहरु राख्दा सरकारबाट गरिएको कार्यवाहिले सरकार सम्प्रदायीक चितरण गरेको धारणा व्यक्त गरेका थिए । साथै नेता यादवले विदेशी प्रत्रकार माथी गरिएको यो रवैयाले मुलुकमा रहेको लोकतान्त्रिक वाक स्वतन्त्रताको हनन भएको प्रमाणि भएको दाविगर्दै पेनरको बिरोधमा गरिएको निर्णयहरु अबिलम्ब फिर्ता नलिए कडाभन्दा कडा आन्दोलन गरिने चेतावनी समेत दिएको थिए ।कोणसभामा विभिन्न मधेसी दलका स्थानिय नेताहरुले बोल्दै पेनरको भिषा फिर्ता गरि मानव अधिकारको पक्षमा मधेसमा स्वतन्त्र रुपमा कार्यगर्न दिन मागंसमेत गरेको थिए । सोमबार पक्राउ परेका क्यानेडियन नागरिक रोबोट पेनरलाई दुई दिनभित्र नेपाल छाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले उनको भिसा रद्द समेत गरेको छ । उनलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको थियो । ट्वीटर र फेसबुकलगायत समाजिक सञ्जालमार्फत नेपालमा समाजिक सद्भाव खल्बलाउने कार्य गरेको भन्दै पेनरलाई पक्राउ गर्न अध्यागमन विभागले सोमबार ललितपुर प्रहरी परिसरलाई अनुरोध गरेको थियो ।