हिमालयन बैकबाट रकम लुट्ने २ मानिस पक्राउ :

37

IMG_0004

 

मिति २०७३।०१।२१ गते दिउंसो १४:०० बजेको समयमा जिल्ला बारा कलैया न.पा. वडा नं.- २ बस्ने बर्ष ४२ को बिरेन्द्र प्रसाद यादव जिल्ला पर्सा, बी.उ.म.न.पा.वडा नं- ८ स्थित हिमालयन बैंकको खातामा रकम जम्मा गर्न भनी  ने.रू. ५० हजार रकम भौचर भर्ने रोस्टमको साईडमा राखी भौचर भर्दै गर्दा निम्न स्थान बस्ने निम्न मानिसहरूले  रकम उठाई भागेको र तत्काल प्रहरीलाई खबर गरी प्रहरी र बैंकको सुरक्षा गार्डको समेत सहयोगमा निजहरूको पिछा गरी ऐ. वडा नं – १० स्थित माईस्थान मन्दिर पछाडिको ३ नम्बर रोडबाट भाग्दै गर्दा  निज लुटेराहरूलाई ५० हजार रकम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

निम्न :

  • भारत बिहार जिल्ला मुजफरपुर नगरपरिषद वडा नं.- ३५ कोईरीया बजार बस्ने बर्ष २१ को सोनु कुमार ।

२-    ऐ.ऐ. बस्ने बर्ष १७ को नेहाल कुमार ।

अबैध रूपमा ओसार पसार गरेको ३ लाख ५० हजार बराबरको लत्ताकपडा पक्राउ :

मिति २०७३।०१।२१ गते बिहान अं. ४: ३० बजेको समयमा प्रहरी चौकी ईनर्वा गाउं पर्सा बाट खटिई गएको प्रहरी गस्ती टोलीले जिल्ला पर्सा,बी.उ.म.न.पा. – १९ स्थित बाट भन्सार छली गरी अबैध रूपमा ओसार पसार गरेको ३ लाख ५० हजार बराबरको लत्ताकपडा पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

अबैध रूपमा ओसार पसार गरेको घरेलु मदिरा पक्राउ :

मिति २०७३।०१।२१ गते दिउंसो १४:३० बजेको समयमा प्रहरी चौकी बसपार्क पर्सा बाट खटिई गएको प्रहरी गस्ती टोलीले जिल्ला पर्सा, बी.उ.म.न.पा. वडा नं.- १८ स्थितको सडकबाट अबैध रूपमा ओसार पसार गरेको १२० लिटर घरेलु मदिरा रक्सी बरामद गरी थप अनुसन्धान भईरहेको ।

IMG_0007

मिति : २०७३।०१।२१ गते ।