चौध घण्टामा अपहरणकारी नियन्त्रणमा

33

13164211_882061321920984_1249135841929533933_n
वीरगन्जका एक उद्योगपतिलाइ अपहरण गर्ने चार जनालाई पर्सा प्रहरीले १४ घण्टाभित्र पक्राउ गरेर सार्वजनीक गरेको छ । अपहरण गरेको १ घण्टामै १ लाख रुपैया लिएर अपहरितलाई उनीहरुले मुक्त गरेका थिए । अपहरण गरेको १ घण्टामै अपहरितसंग नगद १ लाख फिरौती रकम लिएर छाडेको सुचना प्राप्त भएलगतै पर्सा प्रहरीले १४ घण्टाभित्रमा चार जना लाई पक्राउ गरेको हो ।
प्रहरीले अपहरण र फिरौती असुलीमा संलग्न बाराको कलैया नगरपालिका वडा नम्बर ३ का १९ वर्षिय इमरान मन्सुर , कलैया नगरपालिका वडा नम्बर ४ का २२ वर्षिय रोशन पौडेल ,कलैया नगरपालिका वडा नम्बर ६ मोतीसरका २० वर्षिय दिनानाथ पटेल र वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २७ रामगढवाका १९ वर्षिय जय प्रकाश पटेललाइ हतियार सहित पक्रेको हो ।
उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान , त्यसमा लाग्ने गोली चार राउण्ड र मोबाइल सेट तीन थान बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट फिरौतीको रकम माग्नकालागि प्रयोग भएको दुईवटा सिमकार्ड र नगद १ लाख पनि बरामद गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनु भयो । हिजो सााझ बीगंजको लक्ष्मणवाबाट पक्राउ गरिएका उनीहरुलाई प्हरीले आज पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको हो ।
उद्योगपतिलाइ हिजो दिउसो वीरगन्जको प्रतिमा चोकमा बोलाएर एक घण्टा नियन्त्रणमा लिइ अपहरणकारीहरुले लक्षमणवा गााउको गण्डक नहर तर्फको एकान्त ठााउमा लागि एक लाख रुपैया फिरौती लिएर छाडेको थियो । ती उधोगपतीसंग १० लाख रुपैया लिने कवुल अपहरणकारीहरुले गरेका थिए । ९ लाख रुपैया पछि भूक्तानी गर्ने सम्झौता भएको थियो । यस्तो घटना अनौठो रहेको स्वयं प्रहरीको बुझाई छ । प्रहरीले अपहरित उधोगपतीको पहिचान भने अहिल खोलेको छैन । अहिले पहिचान खोलेका छौनौ तर २४ घण्टा भित्रमा पहिचान सर्वाजनीक गरिने प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।
तस्विर …………..
प्रहरी नियन्त्रण्मा अपहरणका आरोपीहरु