राजधानीमा व्यापक सहभागीता गराउन फोरमको विभिन्न समिती गठन

36

13228086_985684051528491_109866185_n

बीरगन्ज,२९ बैशाख – संघीय समाजवादी फोरम जिल्लाको बिस्तारित बैठकले राजधानी केन्द्रित आन्दोलनलाइ शसक्त बनाउन विभिन्न उपसमिती गठन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष प्रदिव यादवको अध्यक्षतामा सम्मपन्न भएको बैठकबाट आगामि २ गते देखि राजधानी केन्द्रित हुने आन्दोलनमा पर्सा जिल्लाबाट व्यपाक सहभागीता गराउन विभिन्न उपसमितीहरु गठन गरेको छ । बैठकले जिल्ला र क्षेत्रीय समिती तथा गाउ इकाइ समितीहरुको सम्पुण पदाधिकारीहरुलाइ राजधानको आन्दोलनमा सहभागीहुन अनिवार्य रुपमा काठमान्डौ जाने निर्णय गरेको छ । साथै बैठकले पार्टीका युवा र बिधाथीर्, मजदुर ,किसान, मुस्लीम, प्रध्यापक र शिक्षक समितीहरुका सबै पदाधिकारीहरुलाइ आन्दोलनमा अनिवार्य रुपमा सहभागीहुन निर्णय गरेको छ ।

आन्दोलनलाइ सफल बनाउन पर्सा जिल्लाबाट व्यापक सहभागीताको लागी यातायात ,बास तथा खाना र झन्डा ब्यानर व्यवस्थान समितहरु बिस्तारीत बैठकले गठन गरेको छ । मदन यादवको अध्यक्षतामा गठन भएको ५सदसीय यातायात व्यस्थापन समितीे ओमप्रकाश साह कानु,जयनारायण राउत कुर्मि ,बिरेन्द्र यादव र सुनिता साह रहेका छन् भने राजधानीको वास तथा खाना व्यवस्थापन समितीमा सिवजी सोनी,सलाउदिन अहमद,हसमोदीन देवान रहेका छन् । यसैगरि झान्डा तथा व्यानर व्यवस्थापन समितीको नेकमहमद अंसारी,अजय साह सोनार रहनु भएको छ । बैठकबाट केन्द्रिय पार्दष मिनीसिंह नुरुल होदा सचिव नागेन्द्र यादव ,प्रवक्ता सलाउदिन अहमद लगायत जिल्लाका नेता तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।