वैद्य माअाेवादीसँग एकिकरण गर्ने एमाअाेवादीकाे निर्णय

33

ucpn-maoist-standing-commmittee-meeting

काठमाडाैं, २९ बैशाख – एकीकृत नेकपा माओवादीले नेकपा-माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बसेको एमाओवादी स्थायी समिति बैठकले बिभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो।

मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

स्थायी समितिको बैठकको निर्णय अनुमोदन गर्न र एकताबारे तयारी गर्न आगामी जेठ १ गते एमाओवादीको केन्द्रीय समिति बैठक डाकिएको महराले बताए । ‘बैचारीक, राजनीतिक, सांगठानिक  छलफल गरेर भाेलि पर्सी सम्म सबै विषय टुंगाेमा पुग्छ र केन्द्रीय समितिकाे बैठकले सबै तयारी गर्छ,’ महराले भने  ।