सुन चाँदीको मूल्यमा बृदी

41

काठमाडौँ, २९ बैशाख – आज बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेको छ। मूल्य बढेसँगै सुन आज ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबारको भाउमा प्रतितोला ६ सय रुपैयाँ घट्दै सुन हिजो ५५ हजार ९ सय रुपैयाँ कायम भएको थियो। हिजो ६ सयले घटेको सुन आजै ३ सयले बढेर ५६ हजार २ सय भएको हो।

त्यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ बढेको छ। मूल्य बढेसँगै चाँदी आज प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ।

केही दिनदेखि लगातार ७ सय ९० रुपैयाँमा स्थिर रहेको चाँदीको भाउ हिजो भने १५ रुपैयाँ घट्दै ७ सय ७५ पुगेको थियो।