दुर्घटनामा एकको मृत्यु

40

accident

वीरगंज, ३० वैशाख – बाराको अमलेखगन्जमा आज मध्यान्ह भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् ।
हे

टौंडाबाट वीरगञ्ज तर्फ जान लागेको बा ११ च ३९६८ नम्बरको कार गती अनियन्त्रीत भई पल्टँदा कारका चालक चितवन जगतपुरका ४२ वािर्षय सुवासकुमार श्रेष्ठको घटना स्थलमै मृत्यु भएको सशस्त्र प्रहरी वल अमलेखगन्ज वेसक्याम्पका इन्चार्ज यज्ञविक्रम शाहले जानकारी दिए । घटनामा चितवनकै पुनम श्रेष्ठ र रोमन श्रेष्ठ गम्भीर घाईते भएका छन् । घाईतेद्धयको सिमरा स्थित तराई सिमरा हस्पिटलमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

तिव्र गतीमा रहेको कारको अगाडीको टायर पन्चर भएपछि गती नियन्त्रण बाहिर गएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।