प्रधानमन्त्री ओली आज सदनलाई सम्बोधन गर्दै

28
केपी ओली, प्रधानमन्त्री । फाइल तस्वीर: रासस
केपी ओली, प्रधानमन्त्री । फाइल तस्वीर: रासस

काठमाडौँ, ३० बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई आज साँझ सम्बोधन गर्दैछन् ।

प्रम ओलीको सो सम्बोधनमा विशेषगरी भूकम्प पुनःनिर्माणका पछिल्ला गतिविधि एवम् मुलुकको राजनीतिक अवस्थाका बारेमा जानकारी आउने बताइएको छ ।

साँझ ५ बजे प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । व्यवस्थापिका–संसद्को बैठकमा यतिखेर सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदले आ–आफ्ना धारणा राखिरहेका छन् । रासस