सिके राउतको अन्तर्वार्ता लिने टिभीलाई क्षमा माग्न निर्देशन

35

Untitled 18396

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले टेलिभिजनलाई जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले जानकारी दिए   

एबिसी टेलिभिजनले विसं २०७२ चैत १७ गते राउतसँगको अन्तर्वार्ता प्रशारण गरेको थियो

उक्त अन्तर्वाताबाट नेपालको भौगोलिक अखण्डता सामाजिक सद्भावमा खलल पुगेको तथा पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घन भएको भन्दै क्षमायाचना गर्न निर्देशन दिएको हो  

यस अघि काउन्सिलले टेलिभिजनलाई स्पष्टीकरण सोधेको थियो  

काउन्सिलको स्पष्टीकरणको जवाफमा  टेलिभिजनलेकुनै पनि नेपाली नागरिकले व्यक्त गर्ने अभिव्यक्तिप्रति स्वयम् जिम्मेवार रहने, नेपाली नागरिकको भनाइ समेट्ने स्वाभाविक प्रक्रियाअन्तर्गत नै राउतको अन्तवार्ता प्रसारण गरिएकोबताएको थियो  

टेलिभिजनले दिएको जवाफ चित्त बुझ्दो नभएपछि काउन्सिलले राष्ट्रियताप्रतिको चोट पुर्याएको आचारसंहिता उल्लङ्घन गरेको जनाई बिहीबार क्षमायाचना गर्न निर्देश गरेको हो रासस