गठबन्धनले भोलि मंगलबार बालुवाटार घेराऊ गर्ने

34

13239084_642048912615535_5178905303242788733_n

काठमाडौँ, ०३ जेठ – संघीय गठबन्धनले भोलि मंगलबार बालुवाटार घेराऊ गर्ने निर्णय गरेको छ। गठबन्धनले सिंहदरबारपछि वालुवाटारलाई निशाना बनाउने भएको छ। सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमानस्थानमा उनीहरूले प्रदर्शन गरेका थिए।गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने जनाएको छ।

आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ।

गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार तयारीमा जुटेका छन् । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ ।