तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओम कृष्ण कार्की निर्वाचित

42

bus हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि अस्ति शनिबार भएको चुनावको आज बिहान सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार सात सय ५२ मत प्राप्त गरि कार्की अध्यक्षतामा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिद्वन्दि जगरनाथ प्रसाद कलवारले सात सय २९ मत मात्र प्राप्त गर्नु भएको छ । यसैगरि वरिष्ठ उपाध्यक्षमा कलवार प्यानलका विजय शर्मा ७ सय ४१ मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दि कार्की प्यानलका हरिशरण अधिकारीले ७ सय २५ मत प्राप्त गर्नु भएको छ । यसैगरि तीनजना उपाध्यक्षमा कार्की प्यानलका प्रकाश महासेठ , माधव नेपाल र सोयल अख्तर अन्सारी विजयी हुनु भएको छ । महासचिवमा पनि कार्की प्यानलकै शंकर कुमार विष्ट तथा सचिवमा जीवन श्रेष्ठ र देव श्रेष्ठ विजयी हुनु भएको छ । कोषाध्यक्षमा राम प्रसाद अधिकारी र सहकोषाध्यक्षमा हिरा बहादुर गुरुङ निर्वाचित हुनु भएको छ । यसैगरि सदस्यहरुमा मनोज यादव, नकुल कार्की, सन्तोष कार्की, ओमकेश्वर रौनीयार , राम कार्की, तिलक श्रेष्ठ, बम बहादुर श्रेष्ठ, तुफान अन्सारी र सुरेश लामा विजयी हुनु भएको प्रमुख निर्वाचन अधिकृत त्रिचन्द्र शर्माले जानकारी दिनुभयो । शनिबार भएको निर्वाचनमा कुल एक हजार ९ सय मत मध्ये एक हजार ५ सय १४ मत खसेको थियो ।