प्रजातन्त्रमाथि खतराका सङ्केत : सभापति देउवा

40
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, ०३ जेठ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताएका छन्।

प्रजातान्त्रिक विचार समाजले आज आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेष: चिन्तन’ प्रकाशन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले भने ‘दलका बीचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको छ। संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढ्ने सरकारको रवैयाको प्रतिकार गर्दै प्रजातन्त्रको संरक्षणमा काँग्रेस लाग्नेछ।’

बिजुलीको अभावमा जीवन गुजार्न बाध्य जनतालाई दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिदिने भ्रम फैलाएर सरकारले झुटो आश्वासन बाँडेको आरोप सभापति देउवाको थियो। रासस