माइतीघरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

44

13239130_804759972991800_895410142964973986_n

काठमाडौँ, ०३ जेठ –  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितको २९ दलिय संघीय गठवन्धनले गरेको सिंहदरबार धर्नाका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । प्रहरीको आक्रमणमा परी गठबन्धनका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

प्रहरी लाठीचार्जले गम्भीर घाइते बनेका तीन जनालाई वीर अस्पतालको ट्रामा सेन्टर लगिएको छ ।  माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिइरहेका गठबन्धनका कार्यकर्ताहरुले बोकेको झन्डा र व्यानर प्रहरीले खोस्न खोजेपछि करिब सवा दश बजे झडप भएको छ । झडपमा प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएको समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले जानकारी दिए ।

त्यस्तै घाइते हुनेहरुमा संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णु जंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदूर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादवमाथि लाठी चार्ज गरी प्रहरी घाइते बनाएको छ । प्रहरीको लाठी चार्जले माइतीघर मण्डलाको अवस्था तनावपूर्ण बनेपनि अहिले सामान्य छ । गठबन्धनको शान्तिपूर्ण धर्ना र प्रदर्शन भने जारी छ ।