श्रीलङ्कामा भारी बर्षाबाट दुईको मृत्यु, हजारौ प्रभावित

    70

    Srilanka Rain

    कोलोम्बो, ०३ जेठ –  श्रीलङ्काको कैयौ भागमा शनिबारबाट सुरु भएको भारी बर्षा र आँधीबेरीको कारण आइतबार कम्तीमा दुईको मृत्यु हुनुको साथै हजारौं प्रभावित भएका प्रकोप व्यवस्थापन केन्द्र डिएमसीले जनाएको छ ।

    त्यसैगरी सबारागामुवा प्रान्तको रत्नापुर जिल्लामा सो बर्षाको कारण एक व्यक्ति वेपत्ता भएको डिएमसीले जानकारी दिएको छ । बेपत्ता ती व्यक्तिको खोजी कार्य जारी रहेको पनि बताइएको छ ।

    शनिबार साँझबाट सुरु भएको भारी बर्षा र हावाहुरीको कारण ७ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका र ४२२ जना विस्थापित भएका जनाइएको छ । दक्षिणी तटीय सहर पनाडुरामा यस आँधीमा परी कम्तीमा ३० वटा घरहरु क्षतिग्रस्त भएको जनाइएको छ । यस क्षेत्रमा सैनिकले खोजी र उद्धारकार्य जारी राखेको बताइएको छ ।