सिंहदरबारबाट गठबन्धन का नेता पक्राउ

38

काठमाडौँ, ०३ जेठ – संघीय गठबन्धनमा आबद्ध संघीय जनमुक्ति पार्टीका नेता पक्राउ परेका छन् । सिंहदरबार घेराउमा सहभागि हुन माइतीघरतर्फ जाँदै गर्दा उनलाई केहिबेरअघि प्रहरीले सिंहदरबारको पश्चिमी गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई महानगरीय प्रहरी बृत्त अनामनगरमा राखेको छ । सो पार्टीका सहमहासचिव टेकबहादुर तामाङले शान्तिपूर्ण आन्दोलनमा सहभागि लिम्बुलाई प्रहरीले बिनाकारण पक्राउ गरेको आरोप लगाउँदै तत्काल रिहाईको माग गरेका छन् । संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम आज दोस्रो दिन पनि जारी छ ।