सिंहदरवार घेराउ कार्यक्रममा विदेशीको संलग्नताबारे सरकार गम्भीर’

39
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३ जेठ – काठमाडौं केन्द्रीत आन्दोलन थालेको संघीय गठबनधनको सिंहदरवार घराउ कार्यक्रममा विदेशी नागरिक सहभागी भएकोमा सरकार गम्भीर भएको उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधान तथा भौतिक तथा पूर्वाधारमन्त्री गच्छदारले गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा विदेशीको संलग्नताबारे सरकार गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन् ।

सिंहदरवार घेराउको पहिलो दिन आइतबार विदेशी नागरिक सहभागिता भएको तस्विर सहित सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । जसको औपचारिक रुपमा सरकार र आन्दोलनरत पक्षले धारणा सार्वजनिक नगरेका बेला उपप्रधानमन्त्री गच्छदारले सो जानकारी गराएका हुन् ।

आफ्नो आन्दोलनमा विदेशी नागरिक सहभागी भएकोमा गठबन्धन बढी संवेदनशील हुनु पर्ने उनको भनाइ छ । सिहदरवार धेराउ गर्नुको कुनै औचित्य नरहेको वताएका उनले वार्ता र सम्वादको माध्यमबाट संसोधान गरेर मात्रै अधिकार प्राप्त गर्न सकिने बताए ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री गच्छदारले आन्दोलन छाडेर वार्तामा आउन गठबन्धनलाई आग्रह गरे ।