हिम्मत भए गोली चलाउ ओली : सोनल

39

13239084_642048912615535_5178905303242788733_n

वीरगन्ज ३ जेठ – तराई मधेश लोताण्त्रिक पार्टीका महामन्त्रि जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिम्मत भए आन्दोलनमा गोली ठोक्न चुनौती दिएका छन् । सोमबार सिंहदरबार घेराउ कार्यक्रमको समापन गर्दै उनले विगतमा मधेस आन्दोलनमा ५८ जना आन्दोलनकारीहरुको टाउको र घाटीमा गोली हानी हत्या गरिएको भन्दै राजधानीमा भएको आन्दोलनमा सरकारसँग हिम्मत भए गोली हान्न चुनौती दिए ।

‘मधेसीको घाटीमा आदिवासी, खस र शिल्पीहरुको घाटी पनि जोडिएको छ तिम्रो हिम्मत छ भने चलाउ गोली,’ सोनल भने । उनले आदिवासी, मधेसी, खस, शिल्पी समुदाय संयुक्त आन्दोलनमा लागेको र अबको आन्दोलन विभेदकारी संविधान पुनर्लेखन नभएसम्म जारी रहने बताए । प्रधानमन्त्री ओलीले पहिचानको मूल्य गुन्द्रुक जति पनि नभएको भन्ने गरेको भन्दै साेनलले पहिचानका लागि आफुहरु जीवनभरि संघर्ष गर्ने बताए ।