फेरि आमा बन्दै छिन् ऐश्वर्या ?

81

actress-aishwarya-competition-arrives-pierres-festival-screening_7ed13308-1b44-11e6-878c-ac18b651cb15

मुम्बई, ०४ जेठ – गत शुक्रबार कान्स फिल्म फेस्टिभलमा लगातार १५औँ पटक रेड कार्पेटमा बलिउड अभिनेत्री रानी ऐश्वर्या देखिइन् । उनी त्यसमा सहभागी भएपछि उनका फोटाहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । उनको पेट ठूलो देखिएकाले अनुमान गरिएको छ, उनी गर्भवती छिन् । अधिकांशले टिप्पणी गरेका छन्, त्यो उनको बेबी बम्प हो ।

कुवेती डिजाइनर अली युनुसले बनाएको ड्रेसमा देखिएकी रानीले यो चर्चाबारे केही भनेकी छैनन् । सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी रानीले पाँच वर्षअघि छोरी आराध्यालाई जन्म दिएकी थिइन् ।