बालुवाटारमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ आन्दोलनकारी घाइते

33

17052016122253Sanghiya_Gathabandhan_Baluwataar_Gherau-(5)

काठमाडौँ, ०४ जेठ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ  

संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपासपछि आज बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो  

आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको बताएका छन्

प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा एक प्रहरी सामान्य घाइते भएको बताएको छ प्रहरीसँगको झडपमा परी रञ्जित गोसामी घाइते भएको गठबन्धनमा आबद्ध दल सङ्घीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिनुभयो  

गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो गठबन्धनले आन्दोलनको स्थान परिवर्तन गर्दै आज बिहान १० बजेदेखि बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो  

17052016122253Sanghiya_Gathabandhan_Baluwataar_Gherau-(4)

 गठबन्धनमा आबद्ध दलका नेताकार्यकर्ताले नाराबाजी गर्दै आफ्ना माग सम्बोधन गराउन सडकमा धर्ना दिएपछि सो क्षेत्रको यातायात अवरुद्ध बनेको छ यातायात अवरुद्ध भएका कारण यात्रु हिँडेर गन्तव्यमा जान बाध्य भएका छन्  

 आन्दोलनकारीलाई बालुवाटार वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए धर्नामा बसेका आन्दोलनकारीलेपहिचानसहितको सङ्घीयता छोड्दैनौँ’, ‘आन्दोलनकारीसँग गरिएका सम्झौता लागू गरलगायत नारा लगाइरहेका छन्  

 जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिसम्म निषेधित क्षेत्र तोकेको छ  

 विसं २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेसकेन्द्रित र अन्य केही साना दलले आन्दोलन गर्दै आएका छन् रासस