विरगंजको घडिअर्वा पोखरीमा मर्निङवाक गर्नेसँग शुल्क लिएको विरोधमा ज्ञापन पत्र बुझाइयो

42

ghadiarwa

विरगंज, ०४ जेठ – विरगंजको गौरवको रुपमा रहेको घडिअर्वा पोखरीमा मर्निङवाक गर्न जानेलाई विगतको सहमति विपरीत चर्को शुल्क असुलिरहेको विरोध गर्दै आज वीरगञ्जवासीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् ।

सार्वजनिक स्थलको रुपमा रहेको घठिअर्वा पोखरीमा मर्निङवाक गर्न जानेलाई बिहानको समयमा निःशुल्क प्रवेश गर्न दिने भनी विगतमा वीरगञ्ज उपमहानगरपालिका र स्थानीयवासी बीच सहमति भएकोमा मर्निङवाक गर्नेको कार्डको लागि भनी उपमहानगरपालिकाले गैरकानुनी रुपमा प्रतिव्यक्ति पाँच सय रुपैया शुल्क लिइरहेको भन्दै नेपाली कांग्रेसका नेता मोहम्मद सहाबुद्दिनको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी घिमिरेको ध्यानाकर्षण गराएको हो । नगरवासीले शुल्क लिने कार्य तत्काल बन्द गरिनुपर्ने मागका गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जनताको मागलाई ध्यानमा राखी असहमतीलाई सहमतीमा लगी कार्यान्वयन गर्न आदेश दिनुभएको नेता सहाबुद्दिनले जानकारी दिनुभयो ।