संघीय गठबन्धनको आन्दोलनमा पक्राउ भएका विदेशी नागरिक रिहा

45

काठमाडौँ, ०४ जेठ – सघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका भन्दै सोमबार पक्राउ गरेका बेलायती नागरिक रिहा भएका छन् ।

महानगरीय प्रहरी बृत्त सिंहदरबारका डिएसपी प्रजित केसीले पक्राउ ट्रेभर्सको कुनै राजनीतिक संलग्नता नदेखिएको भन्दै उनलाई बेलायती दूतावासमा जिम्मा लगाइएको बताएका छन् । संलग्न बेलायती नागरिक मार्टिन बेन्जामिन ट्रेभर्सको राजनीतिक संलग्नता नदेखिएको भन्दै उनलाई रिहा गरिएको हो।

ट्रेभर्स तीनमहिने पर्यटक भिसामा गत मार्च ९ मा नेपाल आएको खुलेको थियो । गत साता अध्यागमन कानुनविपरीत नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेका क्यानाडेली नागरिक रोबर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै उनी गइसकेका छन् ।