सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो एक्कासी अस्वस्थ्य

46
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, ०४ जेठ – संघीय गठबन्धन र आन्दोलनमा सक्रिय सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अस्वस्थ्य भएका छन् ।

गठबन्धको जारी आन्दोलनको क्रममा एक्कासी छातीमा समस्या आएपछि उनी अस्वस्थ्य भएका हुन ।

अहिले उनी सिनामंगलस्थित आफनो घरमा डाक्टरको निगरानीमा आराम गरिरहेको सद्भावना पार्टीका महासचिव मनिष सुमन जानकारी दिए ।

उनलालाई गएराती देखि स्वास्थ्यमा समस्या आएपछि उनी आजको बालुवाटार घेराउमा पनि उपस्थित हुन नसकेको उनले बताए ।