“३२ वर्ष पुगेपछि मात्र बिहे गर्छु” : आलिया भट्ट

73

Alia Bhatt

मुम्बई, ०४ जेठ  – बलिउड अभिनेत्री आलिया भट्टले ३२ वर्ष पुगेपछि मात्र विवाह गर्ने कुरा दोहोर्‍याएकी छिन् । यसबीच उनको र सिद्धार्थ मल्होत्राको सम्बन्धलाई लिएर अनेक चर्चा चलेका थिए । कतिले उनीहरू दुईजनाले छिट्टै विवाह गर्ने आँकलनसमेत गरेका थिए ।

तर, आइतबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘म २२ वर्षकी भएँ । विवाहको उमेर ३२ वर्ष हो । त्यसपछि मात्र म विवाह गर्छु ।’ आलियाले त्यही कार्यक्रममा ‘ड्रिम पार्टनर’बारे पनि बताइन् ।

उनले भनिन्, ‘मलाई हँसाउन सक्ने हुनुपर्छ । लुक्स त त्यसपछिको कुरा ।’ आफूलाई ‘इम्प्रेस’ गर्ने तरिकाबारे पनि केही नभन्ने आलियाले बताएकी छिन् । आफ्नैबारे आलियाले थपिन्, ‘म बहुतै सेन्सेटिभ छु, कहिलेकाहीँ इमोसनल भइहाल्छु ।’