घडीअर्वा पोखरीको विवाद आइतबारसम्ममा अन्त्य हुने

41

ghadiarwa

पर्साका प्रमुख कार्यकारी अधिकृत विष्णु कोइरालाले वीरगञ्जको घडिअर्वा पोखरीमा मर्निङ्गवाक गर्नेहरुसँग वीरगञ्ज उपमहानगरपालिकाले लिने गरेको शुल्कको विषयमा सम्बन्धित पक्षसँग छलफल गर्नेे जनाउनुभएको छ । नेपाली कांग्रेसका नेता मोहम्मद सहाबुद्दिनको नेतृत्वमा आज अधिकृत कोइरालालाई भेट्न गएको टोलीलाई उहाँले यस्तो आश्वासन दिनुभएको नेता सहाबुद्दिनले जानकारी दिनुभएको छ । स्थाीयवासीलाई पर्न गएको कठिनाइ प्रति आफू सजग रहेकोले छलफल गरी आइतबारसम्मा समस्याको समाधान निकाल्ने प्रयास गर्ने बताउनुभएको हो । सार्वजनिक स्थलको रुपमा रहेको वीरगञ्जको घडिअर्वा पोखरीमा जेष्ठ नागरिक, बिरामी तथा युवाहरुलाई मर्निङ्गवाकका लागि निःशुल्क प्रवेश दिने पुरानो सहमती विपरीत उपमहानगरपालिकाले कार्ड बनाउने नाममा प्रति व्यक्ति ५०० रुपैयाँ शुल्क लिन थालेपछि सो कार्य तत्काल बन्द गर्नुपर्ने भन्दै स्थानीयवासी विरोधमा उत्रेका हुन् ।