बीरगंजलाई सुक्न दिनु हुदैन ः नेता नेपाल

61

adनेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको बिकासकालागि राष्ट्रीय सहमतीको बिकल्प नरहेकोमा जोड दिनु भएको छ । प्रेस चौतारी नेपाल पर्साले आज बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पहिला एजेण्डाहरुमा सहमती कायम गरेपछि मात्र नेतृत्वको बिषयमा छलफल हुने तर्क गर्दै नेकपा एमालेको नेतृत्वमै पनि राष्ट्रीय सहमतीको सरकार बन्न सक्ने बिचार ब्यक्त गर्नु भयो । उहाँले बीरगंजको बिषयमा चिन्ता ब्यक्त गर्दै बीरगंजलाई सुक्नबाट रोक्नु पर्ने बताउनु भयो । बीरगंज बाहेकका शहरहरुमा पूर्वाधार र सडकको बिस्तार हुदै गएको तर बीरगंजमा त्यस्तो केही नहुदा बीरगंज सुक्न सक्नेप्रति संचारकर्मी र नागरिकलाई सचेत रहन आग्रह गर्नु भयो । उहाँले बीरगंजमा आठ लेनको सडक निर्माण नहुने हो भने आयात निर्यात ब्यापार समेत अन्य शहरमा सिफ्ट हुने बताउनु भयो ।
उहाँले दलहरुभित्रका किचलो र गुटगत तमाशाहरु बन्द गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो । दलहरुवीचको समस्या हल गर्नु प¥यो उहाँले भन्नु भयो आन्दोलनमात्र गरेर हुदैन निर्माणको काममा पनि सहभागिता जनाउनु प¥यो । मधेश केन्द्रीत आन्दोलीत दलहरुले अगाडि सारेका मागहरुको बिषयमा चर्चा गर्दै पूर्व प्रधानमंत्री समेत रहनु भएका नेता नेपालले सबै बिषयमा सार्थक सम्वादका माध्यमले निकास निकाल्नु पर्ने बिचार ब्यक्त गर्नु भयो । कार्यक्रममा नेता नेपालले हालै सम्पन्न प्रेस चौतारीको आठौ राष्ट्रीय अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका प्रदेश २ का अध्यक्ष लालबाबु शेख केन्द्रीय लेखा आयोगका सदस्य के.सी.लामिछाने र केन्द्रीय सदस्य बृजलाल पासवानलाई माला लगाई सम्मान गर्नु भएको थियो । त्यसै गरि निजामती कर्मचारीहरुको ट्रेड युनियन निवर्नचनमा पर्सामा नेपाल निजामती कर्मचारी संगठनलाई बिजयी बनाउन भूमिका निर्वा गर्नुहुने सुवेदार यादव,नोत्तम पोख्रेल अमित गिरी र रामदेव लाल दास लगायतलाई पनि नेता नेपालले सम्मान गर्नु भएको थियो । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु दिनेश राई ,प्हलाद गिरी सभासदहरु पुरुषोत्तम पौडेल ,रामचन्द्र साह ,बिचारी यादव,राजकुमार गुप्ता नेजमा खातुन, पार्टी पर्साका अध्यक्ष चीरन्जीवी आचार्य नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन चौतारीका सचिव संजीव मिश्रले गर्नु भएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष महेश दासले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।