पत्रकारहरुको पेशागत हकहितका लागी प्रेस युनियन सशक्त ढंग लागी रहने : केन्द्रिय सल्लाहकार शिव लम्साल

40

DSC_4162

वीरगंज २१ जेष्ठ – नेपाल प्रेस युनियनका केन्द्रिय सल्लाहकार शिव लम्सालले पत्रकारहरुको पेशागत हकहितका लागी प्रेस युनियन सशक्त ढंग लागी रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाका नवनिर्वाचित कार्यसमितीका पदाधिकारी तथा पार्षदहरुस“गको भेटमा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भेटमा प्रेस युनियनका पार्षद तथा पदाधिकारीहरुले प्रेस काउन्सिलले मोफसलका पत्रपत्रिका र पत्रकारहरु स“ग बिभेद गरेको भन्दै त्यसका लागी पे्रस युनियनले अग्रसरता लिनु पर्ने कुरामा जोड दिदै युनियन अझ सशक्त ढंगले अगाडी बढन आवश्यक रहेको धारणा समेत राखेका थिए । जवाफमा लम्सालले आफुले युनियनको आगामी बैठकमा यो कुरालाई जोडदार रुपमा उठाउने बताएका थिए ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, पुर्व केन्द्रिय सदस्य दिपेन्द्र चौहान, पत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्यमान्चल संयोजक शितल महतो, महासंघका पर्साका पुर्व अध्यक्ष अशोक तिवारी, युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, उपाध्यक्ष विजय चौहान, कोषाध्यक्ष राम कुशवाहा पार्षदहरु रितेश त्रिपाठी, शंकर खतिवडा त्यसैगरी सल्लाहकारद्वय ओमप्रकाश खनाल , अजय यादव लगायतको उपस्थिती रहेको थियो ।