‘प्रचण्ड’ अबको प्रधानमन्त्री : बादल

44

Rambahadur-Thapa-Badal

सिन्धुली, २२ जेष्ठ – विभिन्न माओवादी घटकबीचको एकतामा आएका नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको प्रधानमन्त्री हुने घोषणा गरेका छन् ।

सिन्धुलीमा शनिबार विहान भएको पत्रकार भेटघाटका क्रममा नेता बादलले प्रचण्ड केही दिनमै प्रधानमन्त्री बन्ने बताए ।

अहिलेको सरकारको नेतृत्व गरेको एमालेसँग भएको सहमति अनुसार नै प्रचण्ड अबको प्रधानमन्त्री भएको उनले दाबी गरे ।

ad

प्रचण्ड हेडक्वाटरका सदस्य रहेका बादलले प्रचण्ड नेतृत्वमा राष्ट्रिय सरकार बन्ने समेत दाबी गरे ।

संविधान कार्यान्वयन र पुनर्निर्माणको लागि बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व प्रचण्डले गर्ने उल्लेख गरे । भद्र सहमति अनुसार एमालेले प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै पनि पक्षसँग भद्र सहमति नभएको दाबी गर्दै आएका छन् । ओलीले माओवादीसँग नौं बुदे सहमतिबाहेक अरु कुनै भद्र सहमति नगरेको बताए ।